Aug 09 2026 | २०८३, साउन २४ गते
काठमाडौं- सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हासिल गर्न अगाडि बढिरहेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास विषयक’ समारोहको उद्घाटन गर्दै सभामुख घिमिरेले दिगो विकास साझा उद्देश्यका प्राप्ति तीनै तहको सरकार सबै क्षेत्र,लिंग,भाषा धर्म,संस्कृति अल्पसङ्ख्यक समुदाय समेटेर अगाडि बढिरहेको बताएका हुन् ।
सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएको केही मत भिन्नतालाई आगामी दिनमा संरचनागत,प्रक्रियागत र नीतिगत व्यवस्थामा सुधार गर्ने बताए । सङ्घीयता घोषणा भएको १० वर्ष पुग्नै लाग्दा आयोजना भएका यस्ता सम्मेलनले नेपालको सङ्घीयता कार्यान्वयनमा सुधार गरी अग्रगामी रणनीतिहरू तय गर्न थप सहयोग पुग्ने सभामुख घिमिरेले विश्वास व्यक्त गरे । संविधानलाई जीवन्त र समय सापेक्ष बनाइराख्न कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेकोमा उनले जोड दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij