Aug 09 2026 | २०८३, साउन २४ गते

Aug 09 2026 | २०८३, साउन २४ गते

सप्तरीको फत्तेपुरमा बाघ पस्यो, आक्रमणबाट २ जना घाइते

सप्तरीको फत्तेपुरमा बाघ पस्यो, आक्रमणबाट २ जना घाइते

बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते समेत भएका छन् ।

अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए ।

उनका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो । त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो ।

उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको अनुमान छ । उक्त बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

थप समाचार

पढ्नै पर्ने पत्रिका

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

लोकप्रिय