Aug 09 2026 | २०८३, साउन २४ गते

Aug 09 2026 | २०८३, साउन २४ गते

केपी ओली अध्ययन र ज्ञानका भण्डार : शंकर पोखरेल

केपी ओली अध्ययन र ज्ञानका भण्डार : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिपय आलोचकले नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरेपनि ज्ञानका हिसाबले ओली भण्डार रहेको बताएका छन् । सोमबार ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । 

‘अनुशासित विद्रोही जसले समाजलाई बदल्ने प्रयास गरेको छ’, पोखरेलले भने, ‘आफैमा अध्ययन र ज्ञानको भण्डारको मान्छेका रूपमा हामीले केपी शर्मा ओलीलाई लिन सक्छौँ ।’ तर समाजमा ओलीले एउटा नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरिएको भन्दै नेपालका पढेका मानिसहरूले ओलीको जत्तिको हैसियत नराख्ने बताए । साथै ओली पार्टीलाई विचारमा डोर्‍याउने सामर्थ्य राख्ने नेता भएको पोखरेलले बताए । झापा विद्रोहमा व्यक्ति हत्याको विरोधमा असहमति राख्ने हैसियतको नेता ओली भएको भन्दै पोखरेलले मदन भण्डारीको जवजको मस्यौदाकारका रूपमा समेत ओली रहेको बताए ।

फेसबुक प्रतिक्रिया

थप समाचार

पढ्नै पर्ने पत्रिका

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

लोकप्रिय