Aug 09 2026 | २०८३, साउन २४ गते
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिकाकी १७ वर्षीय रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि मृत्यु भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै उनले दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाए ।
‘सरकारको तर्फबाट, म आफ्नो तर्फबाट यस घटनामा जति पनि मानिसहरू संलग्न छन् अपराधमा संलग्न भएका मानिसहरूलाई क्रियाशिलतापूर्वक खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारबाही गर्ने कुरामा पूर्ण प्रतिवद्ध छु र सम्मानित सदनमा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
गृहमन्त्री लेखकका अनुसार गत माघ ३० गते रिंकु कुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij